नवलपरासी । नेपालको इतिहासमा २०८१ बैशाख २८ गते चार पाँग्रे गाडी उत्पादन सुरु गरेको दिनको रुपमा रेकर्ड भएको छ ।
शुक्रबार नवलपरासीमा हुण्डाईको चार पाँग्रे गाडी उत्पादन गर्ने एसेम्बल प्लान्टको प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा उद्योग स्थापना गर्दा स्वदेशी विद्युत् खपत एवं विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक सहयोग पुग्ने बताएका छन् ।
उनले निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सबल हुन नसक्ने पनि बताए ।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने प्रधानमन्त्रीको भनाइ छ ।
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal