September 9, 2024

नेपालमा विद्युत आयोजनामा पनि टीबीएमबाट सुरुङ खनिँदै, ६३५ मेगावाटको दुधकोशी पहिलो

काठमाडौं । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुने भएको छ ।

आयोजना परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए (इटाली) ले टीबीएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न सकिने सिफारिस गरेपछि आयोजनाले यस्तो निर्णय गरेको हो ।

केहि वर्षअघिसम्म दुधकोशीको सुरुङ खन्ने कार्यमा टीबीएम प्रयोग गर्ने वारे कल्पनासम्म नगरेको भएपनि भेरी बबई र सुनकोसी-मरिणको स्थलगत अवलोकन, टिबीएम बनाउने कम्पनी र परामर्शदाता कम्पनीका विज्ञहरूसँग घनिभूत छलफलपछि आयोजना टीबीएम प्रयोग गर्ने निर्णयमा पुगेको हो ।

यस्ता छन् टीबीएमका फाइदा

पराम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएमबाट सुरुङ निर्माण गर्दा विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, सहायक सडकहरू बनाउनु नपर्ने र यसका लागि आवश्यक पर्ने विष्फोटक पदार्थ समेत चाहिदैन् । मानवी क्षति शुन्यप्राय हुन्छ र वातावरण प्रभाव समेत कम हुन्छ । यस्तो हुँदा आयोजनाको लागत समेत कम हुन्छ ।

नेपालमा जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत भेरी-बबई र सुनकोशी-मरिण डाइभर्सन आयोजनाहरूको मुख्य सुरुङको निर्माण कार्य टीबीएम प्रविधिबाट सफलतापूर्वक सम्पन्न भइसकेको छ । जलविद्युत आयोजनामा भने दुधकोसी जलाशययुक्त आयोजना टीबीएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत आयोजना हुने भएको छ ।

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand