काठमाडौँ । नेपाल विद्युत प्राधिकरणसँग रहेको सडक बत्तीको बक्यौता महसुल स्थानीय तहहरूले किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै स्थानीय तहको बाँकी बक्यौता ५ वर्षे तालिका बनाएर किस्ताबन्दीमा तिर्न सकिने जनाएको हो ।
प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको छ ।
सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् ।
#नेपाल विद्युत प्राधिकरण #विद्युत महसुल #सडक बत्ती #स्थानीयतह
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal