December 2, 2024

निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणमा सहभागी गराउने RPGCL को निर्णय

साउन ५, काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो क्षेत्राधिकार भित्र रहेका महत्वका प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई सहभागी गराउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो समय बजेट वक्तव्यमा समेत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा सहभागी गराउने उद्घोस गर्दै आएको थियो । सरकारको उक्त लक्ष्य पूरा गर्न आरपीजीसीएलले नीतिगत निर्णय गरेको हो ।

#

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand