September 9, 2024

६६९ मेगावाटको तल्लो अरुणमा लगानी गर्न भारत सरकारले एसजेभिएनलाई दियो ८००० करोड रुपैयाँ

साउन २१, काठमाडौं । भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ८००० करोडभन्दा बढी (भारतीय ५००० करोड रुपैयाँ) लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) लाई अनुमति दिएको छ ।

भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५००० करोड भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको सतलज जलविद्युत निगमले खुलासा गरेको छ ।

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजना नेपालको संखुवासभा जिल्लामा निर्माण हुने छ । यसका चार युनिट हुने छन् । प्रत्येक युनिटको क्षमता १६७.२५ मेगावाट हुनेछ ।

यो आयोजना नेपालको संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने छ । तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ । यो आयोजना पनि सतलजले नै निर्माण गरिरहेको छ । आगामी एक/डेढ वर्षभित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सतलज जलविद्युत निगम (एसजेभीएन) भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand