नेपालबाट चार महिनामै पौने १३ अर्बको बिजुली भारत निर्यात
Written by UrjaClips
५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको […]
शुक्रबार नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरु हुने, ‘यो वर्ष एक दिन मात्रै निर्यात हुने’
Written by UrjaClips
काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२:४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए । […]
४२५० मिटर उचाईंमा अवस्थित तिलिचो तालको बेश क्याम्पमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
Written by UrjaClips
२५ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण […]
२०८१ को लक्ष्मीपूजामा बिजुलीको पिक डिमाण्ड १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात
Written by UrjaClips
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ […]
एउटै नदीमा १५७ मेगावाटका ५ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा, एक वर्षभित्र उत्पादन
Written by UrjaClips
१३ कात्तिक, म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा १६७ .३ मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् । तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका […]
सरकारप्रति चुलियो निजी क्षेत्रका ऊर्जा उत्पादकको आक्रोश, कडा आन्दोलनमा उत्रिने संकेत !
Written by UrjaClips
१२ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काबीच ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले उक्त […]
बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘इआरएस’ टावर प्रयोग गरी सञ्चालनमा
Written by UrjaClips
काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली (Emergency Restoration System-इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दन कुमार घोषले शुक्रबार दिउँसो १.१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा […]
बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजिकरण गर्छु : परराष्ट्रमन्त्री राणा
Written by UrjaClips
९ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलविद्युत आयोजनाहरुलाई चाहिने बिस्फोटक पदार्थको आयात र विद्युत निर्यातमा सहजीकरण गर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँग बिहीवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री राणाले जलविद्युत आयोजनामा नभइ नहुने बिस्फोटक पदार्थ आयात सहज बनाउन आफ्नो तर्फबाट सतप्रतिशत प्रयास गर्ने बताएकी हुन् । […]
डेढ महिनाभित्रै पाइपलाइनबाट पेट्रोल आयात हुँदै, लिटरमा कति रुपैयाँ घट्ला पेट्रोलको भाउ ?
Written by UrjaClips
पर्सा । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा […]
६४० मेगावाटको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी लाग्ने
Written by UrjaClips
पर्वत । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि […]
सम्पर्क
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
सम्पर्क
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
ठेगाना
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal