January 15, 2025

अर्को वर्ष बुढीगण्डकी, दूधकोशी लगायत यी जलाशययुक्त आयोजना निर्माण सुरू गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा उर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ।

आगामी वर्ष सुख्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाट क्षमताको दूधकोशी र चार सय १७ मेगावाट क्षमताको नलसिङ्‍गाड लगायत जलाशययुक्त जलविद्युत आयोजना निर्माण सुरू गर्ने भएको छ।

त्यस्तै, दुई सय ८० मेगावाट क्षमताको नौमुरे बहु-उद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गरिनेछ। वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने व्यवस्था बजेटमा छ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत एक हजार ६३ मेगावाटको माथिल्लो अरुण, एक सय ६ मेगावाटको जगदुल्ला, एक सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ‘ए’ र दुई सय १० मेगावाटको चैनपुर-सेती जलविद्युत आयोजनाको निर्माण सुरू गरिनेछ।

सुनकोशी तेस्रो जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइनेछ। १० हजार ८ सय मेगावाटको कर्णाली-चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य पनि सुरू गरिने बताइएको छ। सेतोपाटी

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand